यी ६ अवस्थामा तुलसी प्रयोग गर्दा हुनै छ फाइदै फाइदा



चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व का छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ ।

मानिस मृत्युशैयामा हुँदा प्राण त्याग्नुअघि तुलसीको बोटसँगै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाउँछ भनी शास्त्रमा वर्णन गरिएको छ ।

तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ्र तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न सक्तैननर्् दीर्घरोगीहरूसमेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउछन् ।

यस्तो समस्या आएमा तुलसी प्रयोग गर्नुहोस्

धेरै दिशा लागेमा : ८/१० वटा तुलसीपात चौथाइ भाग जाईफल पिनेर खाएमा ठिक हुन्छ ।

आउँ, शुल परेमा : १० /१२ तुलसीको पात मिश्रीसंग पिनेर खाने गरेमा ठिक हुन्छ र आवश्यकता परेमा एक हप्तासम्म खानु होला ।

दिशामा रगत आएमा : १/२ चम्चा तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा ठिक हुन्छ ।

अल्काई भएमा : तुलसीको पात १०/१२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा ठिक हुन्छ ।

बालतोड् घाऊ भएमा : पिपलको कोपिला र तुलसीको पात पानीमा पिनेर बिहानरबेलुका लेप गर्नाले बालतोड् घाऊ ठिक हुन्छ ।

घाँटी बसेमा : घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०/१२ पात तुलसी ४/५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २/३ मात्रामै ठीक भएर आउँछ । एजेन्सी

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  ९ : ४२ बजे