पछिल्लकेहि दिन देखी कोरोना सङ्क्रमण बढ्न थालेको छ ।यसैबिच्नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।यही अवधिमा थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ४१ हजार ५६५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४ ।५ प्रतिशत रहेको छ ।
त्यस्तै गता २४ घ्गण्टामै कोभिड–१९ को सङ्क्रमणबाट थप १६ जनाले ज्यान गुमाएका छन ।। यस सगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६९५ पुगेको छ ।










