नेपालमा दिनदिनै कोरोना भाइरसको संक्रमण बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभर ३ हजार धेरैमा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार दुई हजार २३७ जनामा कोरोना देखिएदा सोमबार तीन हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा मंगलबार मात्रै थप ३ हजार ८९९ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा १२ हजार ६५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ७२६ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ८६३ गर्दा ११७३ मा संक्रमण देखिएको छ।
कुल १७ हजार ५१८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। थप २० जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना कोरोनाबाट मुक्त भएका छन्।










