एमसीसी पारित हुनेबारे गोकुल बास्कोटाले गरे यस्तो खुलासा, होला त पारित



एमाले नेता गोकुल बाँस्कोटाले एमसीसी परियोजना संसद्‍मा प्रस्ताव पेश गर्नुपर्ने बताएका छन् । बुधबमर सामाजिक सञ्जालमा एमसीसी परियोजनाका विषयमा राजनीतिक दाउपेच गरिरहनुभन्दा संसदमा पेश गर्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘एमसीसी परियोजनाका विषयमा राजनीतिक दाउपेच गरिरहनुभन्दा खुरुक्क संसद्मा प्रस्ताव पेश गरे हुन्छ नि झण्डै दुई तिहाइको परमादेश देउवा सरकारले ।’

यस्तै उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई एमसीसी छिटो ल्याउनु पर्यो भनेर बेल घेर्न लगाउने प्रधानमन्त्री शेरबहादुर देउवा नै भएको आरोप पनि लगाएका छन् ।

‘ओली हुँदा त छिटो ल्याऊ भनेर बेल घेर्न लगाउने उनै देउवा हुन् । ओली हटाएपछि पास गरिदिने विश्वास दिलाउने प्रचण्ड समेतको अग्रगामी मोर्चामै छ हैन राजमो पनि ?,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार  ४ : १४ बजे