शनिबार तीन हजार १०६ जनामा संक्रमण पुष्टि, २३ जनाले ज्यान गुमाए



पछिल्लो २४ घ्यण्टामा देशमा थप तीन हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।१३ हजार ५१९ वटा नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

तेस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण २३ जनाले ज्यान गुमाएका छन । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या नौ हजार ८५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ९१६ जना निको भएका छन् । योसँगै नेपालमा निको  हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ ।

प्रकाशित मिति : श्रावण १६, २०७८ शनिबार  ४ : ५१ बजे