कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा मरासिनी



कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीमा डा रुद्र मरासिनीलाई जिम्मेवारी दिएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले राज्यमन्त्रिस्तरिय निर्णय गर्दै डा मरासिनीलाई प्रमुख प्रशासकीय अधिकारी पदमा नियुक्त गरिएको हो।

चितवनको भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट समेत रहेका उनी हाल राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत थिए । उनले भरतपुर अस्पतालमा रहदा अस्पतालको सुधार गरेको भन्दै सम्मानित समेत भएका थिए। ।

यसअघि सो पदमा रहेका डा जागेश्वर गौतम विवादित भएपछि उनलाई थापाथलीमा रहेको प्रसूती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ।

प्रकाशित मिति : श्रावण १८, २०७८ सोमबार  ४ : ४६ बजे