पछिल्लो २४ घण्टामा देशभर ३ हजार बढीमा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३ हजार १ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार १३ हजार ८ सय ११ जनाको नमुना परिक्षणमा ३१२५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर विभिन्न अस्पतालबाट १९२५ जना डिस्चार्ज भएका छन् भने २३ जनाको संक्रमणबाट मृत्यु भएको हो ।
— Ministry of Health & Population, Nepal (@mohpnep) August 2, 2021














