‘साउन महिनामै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने’



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा साउन महिना पछी कोरोना संक्रमितको संख्या घट्दै जाने प्रक्षेपण गरेको छ । साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेको हो ।

बिहीबार स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५ सय ९७ र भदौ महिनामा ३१ हजार ४४ जना नयाँ संक्रमित थपिने उल्लेख गर्दै मंसिर महिनामा अझै घटेर २५ हजार १८३ पुग्ने सम्भावना रहेको बताए ।

लोहनीले पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको उल्लेख गरेका हुन् ।

पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितहरुमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने छ । तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने लोहनीले उल्लेख गरे ।

प्रकाशित मिति : श्रावण २१, २०७८ बिहीबार  १२ : २७ बजे