जापानबाट पाँच लाख एस्ट्राजेनेका खोप काठ्माण्डौ आइपुग्यो



जापानबाट करिब पाँच लाख मात्रा खोप आज काठमाडौं आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत जापान सरकारले नेपाललाई अनुदानमा दिएको खोपको पहिलो चरण अन्तर्गत एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको हो ।

जापानले नेपाललाई दिने भनेको १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप मध्य आज पाँच लाख मात्रा खोप काठमाडौं आइपुगेको हो भने जापानबाटै भोलि थप तीन लाख खोप नेपाल आउनेछ ।

जापानले दिने भनेको बाँकी खोप एक साताभित्र नेपाल आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : श्रावण २३, २०७८ शनिबार  १ : ५६ बजे