पछिल्लो २४ घण्टामा देशमा ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।१०,४४५ पीसीआर र ६,१४९ एन्टीजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। यस सगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १७ हजार ४८६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन । १ हजार ७८४ जना निको भएका छन् ।यस सगै हालसम्म ज्यान गुमाउनेको संख्या १० हजार १०११५ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ जना रहेका छन् । जसमध्ये ३२ हजार ९०७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३८१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७४१ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत् छन्










