लुम्बिनी प्रदेशमा आज बिपक्षी गठबन्धनको सरकार बन्दै



लुम्बिनीमा नयाँ सरकार गठनका लागी विपक्षी गठबन्धनले आज दाबी पेस गर्दै छ । आजै प्रदेशले नयाँ सरकार पाउने छ ।

मुख्यमन्त्री शंकर पोखरेलले हिजो पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो।

मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आज दिउँसो ३ बजेसम्म सरकारमा दाबी पेस गर्न समय तोकेका थिए ।

लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन नयाँ सरकारका लागि दाबी पेश गर्न जाने कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए।

नयाँ सरकारका लागी कांग्रेस र माओवादीबीच आठआठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएसगै सुरुको आठ महिनाका लागि माओवादी नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रुपमा अघि सारिएको  छ।

प्रकाशित मिति : श्रावण २८, २०७८ बिहीबार  ९ : ४२ बजे