खोप केन्द्रसम्म जान नसक्ने नागरिकलाई घरघरमै गएर कोरोना खोप दिन आदेश



सर्वोच्च अदालतले सरकारलाई खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर खोप लगाउन आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले शुक्रबार सो आदेश दिएको हो ।

अदालतले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नारिकहरुको लागत संकलन गर्न र घरघरमा पुगेर खोप लगाउन अन्तरिम आदेश दिएको हो ।

खोप केन्द्रसम्म पुग्न नसक्ने नागरिकहरुलाई घरघरमा गएर कोरोनाको खोप दिनुपर्ने माग गर्दै अधिवक्ता प्रवेश केसीले रिट दायर गरेको थिए । त्यसमा सुनुवाईका क्रममा इजलासले लोक कल्याणकारी राज्यको हैसियतले संविधानको धारा ३५(३) ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक र धारा ४१ ले जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने भनेर मौलिक हक सुरक्षित गरेको स्वीकार गरेको छ ।

हेर्नुहोस् पूर्ण पाठ :

प्रकाशित मिति : श्रावण २९, २०७८ शुक्रबार  ३ : ५८ बजे