शुक्रबार देशभरथप ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा १० हजार ५३० जनाको पिसिआर र ७ हजार १२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै, २ हजार २४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
यसको संक्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ।
हाल देशभर ४० हजार ३ सय ९ सक्रिय संक्रमित छन्।
यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ८९८ जनालाई संक्रमण देखिएको छ।
काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ संक्रमित थपिएका छन्।










