पछिल्लो २४ घण्टामा देशमा थप २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कूल १३ हजार ७५ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा २३ सय ८२ संक्रमित निको भएका छन् ।
शनिबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० रहेको छ ।
नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ ।










