कोरोनाबाट बाच्नुपर्छ आफ्नै देशमा जानुपर्छभन्दै डोटीका अर्जुन चन्द गएको फागुनमा स्वदेश फर्किए । आफ्नै देशमा केही गर्छु कति अरुको देशमा पसिना बगाउदा बगाउदै किन ज्यान जोखिममा राख्ने भन्दै आफ्नो माटोमा पाईला टेकेका उनि पुनः ६ महिना नपुग्दै विरानो देश भारतमा तिर सोझिए ।
सोमवार विहानै उनि गौरीफन्टानाकामा पिठियुमा झोला बोक्दै भारतको लुधियानामा जागिर गर्नभन्दै नेपालको सिमाना नाघे । सिमामा उनको मनमा एउटै कुरा खेलिरहेको थियो । “ नेपालमा रोजगारीको सृजना कहिले होला र म यसरी पैँसा कमाउन भन्दै इन्डिया जान नपर्ला , घरमै परिवारका सदस्यसंग बसेर सुखदुख बाड्दै काम गरौँला ? भारतमा तेस्रो लहरको कोरोना बढ्दै छ भन्ने सुनेको छु तर के गर्नु पेटत पाल्नै पर्यो । यहाँ रोजगारीका अवसर भएको भए यसरी रोगको डर समेत नमानेर देश छोड्न पर्दैनथियो । ” उनले भने । सुदूरपश्चिम प्रदेशमा रोजगारीको कुनै अवसरनै नरहेको चन्दको भनाई छ । प्रदेशमको मुख्यमन्त्रीमा हाम्रै जिल्लाका नेता भएपनि उहाँबाट आफुलाई कुनै आष नभएको उनले बताए । देशमै केही गरौला भनेर फर्केको भएपनी केही अवशर नपाएको र अव त आशनै नरहेको उनले बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नियुक्त भएलगत्तै अव रोजगारीका लागी प्रदेशबासीले भारत जाननपर्ने बताएका थिए ।
सो समयमा उनले प्रदेशका नागरिकहरुलाई यहिँ रोजगारीका अवसरको सृजना गर्ने र कसैले भारत जान नपर्ने बताएपनि पदमा रहेको उनको ४२ महिना पुग्यो । तर हालपनि दैनिकजसो पाँच सयको हाराहारीमा रोजगारीका लागी प्रदेशका नागरिक भारत गइरहेको पाईन्छ । बझाङका अर्जुन खत्रि विगत लामो समयदेखि रोजगारीकै लागी भारत गइरहेका छन् । नाकामा भेटिएका उनि महामारीकै बेला स्वदेश फर्कीएका थिए । फर्किदा उनमा पनि देशमै केही गर्ने अव भारत नजाने सपना थियो । तर त्यो सपना सपनामै कामय भयो उनि सोमवार विहाननै कामकै खोजीका लागीभन्दै गौरीफन्टानाकामा भारत जानका लागी पुगेका थिए । उनले भने, “यहाँका मुख्यमन्त्रीले बोलेको कुरा भारतमै हुँदा सुनेको थिए । उतिबेला आश जागेको थियो । केही गर्नुहुन्छ की भन्ने ? तर उहाँ मुख्यमन्त्री भएको यत्रो समय भयो ।
यो समयमा मैले कतै रोजगारीको अवसर सृजना भएको पाएन् । भयो होला साहेद उहाँका कार्यकर्ता र आफन्तका लागी तर हाम्रालागी भएको छैन् ।” यो अवधीमा आफ्नो गाउँका मानिसहरु झनै भारत गईसकेको उनको भनाई छ । उनले भने, “चार बर्षको अवधीमा मेरो गाउँबाट इण्डिया जानेको सख्या धmन बढेको छ । उहाँले के गर्नुभयो थाहा छैन् । तर मेरो ठाउँका युवाहरु भने दिनकै भारत गइरहेका छन् ।” उनि जस्तै कैलालीका शिवराज पुनको पनि भनाई छ । भारतको व्याङ्लोर जानका लागी नाका भेटिएका उनले भने, “खै कहाँ छ रोजगारी ? कृषीमा केही गरौं भने लगानी छैन् । अरुठाउँ रोजगारी छैन् । तिन तहका सरकार छन् । हाम्रो पहुँच छैन् । हाम्रो लागी भारत जानै पर्ने बाध्यता हो । नगए भोकै मरिन्छ । छोराछोरीलाई पनि पढाउँनै पर्यो । नत्र हामिजस्तै उनिहरुले पनि भारत जान पर्ला । महामारी भए के गर्नु पेट त पाल्नै पर्छ ।”
भारतमै रोजगारी गरेका निम्न बर्गाीय परिवारमा जन्मेको छोरा हाम्रो प्रदेशको मुख्यमन्त्री हुँदा आफु निकै खूसी भएको बताउँदै कञ्चनपुरका महेश धामीले भने, “त्यो खुसी क्षेणीक थियो । उहाँबाट आष राख्नु हाम्रो भुल हो । उहाँले आफुले समेत भोगेको पिडा भुल्नुभयो । हाम्रो बाध्यता उस्तै छ । यत्रो समय भयो उहाँ पदमा बसेको रोजगारीका लागी कुनै जग समेत हाल्नुभएन् उहाँबाट के आष गर्नु अव । धेरै नसकेको भएपनि थोरै रोजगारीको अवसरको सृजना त गर्नुपर्ने थियो । हाम्रो जस्तै पिडा बोकेका नेताले त बुझेनन् । हामीले त विदेशमै काम गरेर परिवार पाल्नु छ । तर हाम्रा छोराछोरीले त्यसो गर्न नसरोस् । नेताहरुको बुद्धी पलावस् ।” यस्तै कैलालीको धनगढी उपमहानगरपालिका १२ मनहेरा अखिल चौधरी पनि भारत जानका लागी टोलका १२ जनासंगै नाका बसेका थिए ।
उनको टोलका सवै जना रोजगारीका लागी भारत जाने तयारीमा थिए । उनको भनाई पनि उस्तै थियो । “नेपालमा रोजगारीको अवसरनै छैन् । काम पाएपनि भनेजस्तो पैसा पाईदैन् । घरको अवस्था कमजोर छ । दिनभर काम गरेर साझ खान पनि पुग्दैन् । तैभएर इण्डिया जादै छु । ” यि त केही प्रतिनिधि पात्रमात्रै हुन् । गौरीफन्टा नाकाबाट दैनिक जसो महामारीका विचपनि रोजगारीका लागी भारत जानेको लाईननै देखिन्छ । सो नाका भएरमात्रै सुदूरपश्चिम प्रदेशका दैनिक पाँच सयको हाराहारीमा नागरिकहरु रोजगारीका लागी भारत जाने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
पछिल्लो ६ दिनमा मात्रै सो नाका भएर २ हजार ९ सय एक जना प्रदेशका नागरिक रोजगारीका लागी भारत गएका छन् । भारतमा कोरोना महामारीको तेस्रो लहर बढ्दै गएका बेला पनि दैनिक रोजगारीका लागी भारत जानेको संख्या भने घट्न सकेको छैन् । भने स्वदेश फर्किनेको संख्यामा निकै कमी छ । दैनिकजसो सो नाका भएर २ सयको हाराहारीमा स्वदेश फर्कीरहेका छन् ।










