मंगलबार २५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,३५ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा २५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ८१० नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाकै अबधिमा ३५ जनाले ज्यान गुमाएका छन ।यससगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या १० हजार ५८६ पुगेको छ ।

गता २४ घण्टामै २०८६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ३८ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ८, २०७८ मंगलबार  ५ : ३२ बजे