पछिल्लो २४ घण्टामा २ हजार ४८२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बुधबार १५ हजार २९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७११ जनाको पिसिआर र ५ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै, १ हजार ७१९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
यसको संक्रमणबाट थप ४४ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ।
यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७४५ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ जना संक्रमित थपिएका हुन्।










