शनिबार १८ सय ५७ जनामा संक्रमण पुष्टि,२७ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप १८ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।१३ हजार १७६ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २२ सय २२ संक्रमित निको भएका छन् । शनिबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ रहेको छ ।

प्रकाशित मिति : भाद्र १२, २०७८ शनिबार  ५ : २४ बजे