पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ९५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
सोमबार देशभर १६२३३ जनाको परिक्षणमा २ हजार २ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १८०८ जना निको भएका छन् भने संक्रमणबाट १६ जनाले ज्यान गुमाएको छ ।










