मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेकाले देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।
महाशाखाले देशभर सामान्य बदली रही मंगलबार केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेपनि सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
बुधबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बिहीबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।










