सोमबार थपिए १८ सय ९७ संक्रमित



पछिल्लो २४ घण्टामा १८ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १५ हजार ९ सय ७९ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा १७ सय ४३ संक्रमित निको भएका छन् । सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या २० रहेको छ ।

प्रकाशित मिति : भाद्र २१, २०७८ सोमबार  ४ : ५६ बजे