सोमबार १४ सय ८६ जनामा कोरोना संक्रमण



सोमबार देशभर एक हजार ४ सय ८६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर १६ हजार ५ सय ३९ जनाको परिक्षणमा एक हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २६ हजार ६ सय ३० जना संक्रिय संक्रमीतमा ४ सय ७५ जना सघन उपचार कक्षमा उपचार गराई रहेका छन् ।

यस्तै संक्रिय संक्रमित मध्ये २४ हजार ९ सय ५८ जना होम आइसोलेसनमै रहेका छन् भने १ हजार ६ सय ७२ जना संस्थागत आइससोलेशनमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १२ सय ६० संक्रमित निको भएका छन् । सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या १६ रहेको छ ।

प्रकाशित मिति : भाद्र २८, २०७८ सोमबार  ४ : १७ बजे