मंगलबार १५६२ जनामा संक्रमण पुष्टि



मंगलबार देशभर १५६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ४३ जनाको परिक्षणमा १५६२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ सय ८९ संक्रमित निको भएका छन् । मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या १९ रहेको छ ।

प्रकाशित मिति : भाद्र २९, २०७८ मंगलबार  ४ : ५२ बजे