आइतबार ७३४ संक्रमित थपिए



पछिल्लो २४ घण्टामा देशमा ७३४ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १० हजार १३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ ।हाल देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ रहेको छ ।

प्रकाशित मिति : आश्विन ३, २०७८ आईतबार  ५ : ०५ बजे