पञ्जाबको मुख्यमन्त्रीका रूपमा काँग्रेस नेता चन्नीद्वारा सपथ ग्रहण



कांग्रेस नेता चरनजीत सिंह चनीले सोमबार पञ्जाबको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्नु भएको छ ।उहाँ पञ्जाब राज्यमा मुख्यमन्त्रीको पद सम्हाल्ने पहिलो दलित व्यक्ति हुनुभएको छ ।

पञ्जाब राज्यपाल बनवारीलाल पुरोहितले राज भवनमा आयोजित समारोहबीच चन्नीलाई शपथ ग्रहण गराउनु भएको हो ।चन्नीले पञ्जाबी भाषामा सपथ ग्रहण गर्नु भएको लिए । काङ्ग्रेस नेता अमरिन्दर सिंहले पदबाट राजीनामा दिएपछि कांग्रेसले आइतबार चन्नीलाई पञ्जाबको मुख्यमन्त्रीको रूपमा चयन गरेको थियो ।

प्रकाशित मिति : आश्विन ४, २०७८ सोमबार  ३ : ३० बजे