पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जना कोभिड संक्रमित थपिएका छन् । बिहिबार ११ हजार ७६५ वटा नमुनाको परीक्षण गर्दा एक हजार ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु पुष्टी भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको छ ।
त्यस्तै आज ९११ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।










