प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँको शुभकामना दिएका छन् । आजदेखि विजयादशमी पर्व सुरु भएको उल्लेख गर्दै उनले शुभकामना व्यक्त गरेका हुन् ।कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि उनले सबैमा अनुरोध गरेका छन् ।
“नेपालीहरूको महान् पर्व विजयादशमी आजदेखि सुरु भएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सु–स्वास्थ्यको शुभकामना व्यक्त गर्दछु,” बिहीबार बिहान प्रधानमन्त्री देउवाले ट्विटमा लेखेका छन्, “साथै, कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि सबैमा अनुरोध गर्दछु ।”








