पछिल्लो २४ घण्टामा देशमा थप ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।९ हजार ४ सय ६६ पीसीआर र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।सँयसगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९९७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाले ज्यानअ गुमाएका छना यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ जना रहेका छन् ।










