गण्डकी प्रदेश साक्षर भएको प्रधानमन्त्री देउवाले गरे घोषणा



प्रधानमन्त्री शेरबहादुर देउवाले आज पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश साक्षर भएको घोषणा गरेका छन्।

प्रधानमन्त्री देउवाले पोखरा महानगर ९ नयाँ बजारमा रहेको क्षेत्रीय संग्रहालय परिसरमा साक्षर गण्डकी प्रदेशको स्तम्भ पनि अनावरण गरेका छन्।

प्रधानमन्त्री देउवा पोखरा सभागृहमा आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा पनि सहभागी भएका थिए। प्रधानमन्त्री देउवाले शिक्षामा सबैलाई समान अवसर दिइने पनि बताएका छन्।

प्रकाशित मिति : आश्विन २४, २०७८ आईतबार  १ : ३६ बजे