अछाममा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु ,१४ जना घाइते



अछाममा जन्ती बोकेको से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका–१ कुईँकामा आइतबार राति साढे ११ बजे जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा उक्त दुर्घटना भएको डीएसपी तुलसीराम अर्यालले जानकारी दिए ।

मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, १७ वर्षीय हिमलाल नेपाली र २१ वर्षीय जीवन न्यौपाने छन् ।दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि राति नै नेपालगञ्ज रेफर गरिएको र त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : आश्विन २५, २०७८ सोमबार  ८ : ११ बजे