मंगलबार ७९२ जनामा संक्रमण पुष्टि, १४ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ६० पीसीआर र दुई हजार ५५९ एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९६ हजार ७६९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १४ जनाले ज्यानअ गुमाएका छना ।यससगै हालसम्म नेपालमा ११ हजार २५७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

 

प्रकाशित मिति : आश्विन २६, २०७८ मंगलबार  ५ : १८ बजे