गगन थापाले भनेः ‘नेविसंघको नाममा विद्यार्थीले गाडी जलाउनु निन्दनिय’



काठमाडौं माघ, २०–
नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल विद्यार्थी संघले सरकारी गाडी जलाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले त्यसरी गाडी जलाउनु निन्दनीय भएको बताएका छन्। नेता थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत त्यस्तो आपत्ति जनाएका हुन् ।
शनिबार नेविसंघले काठमाडौं र पोखरामा सरकारी नम्बर प्लेटका गाडी जलाएको थियो। नेता थापाले सरकारी गाडी जलाउनु गलत मात्र नभएर निन्दनिय समेत भएको उल्लेख गरेका छन्।
‘किन्तु, परन्तु केही नलगाइ यस्तो कामलाई निरुत्साहित गर्न म डटेर लाग्नेछु’ थापाले लेखेका छन्।

प्रकाशित मिति : माघ २०, २०७५ आइतबार  ७ : ३६ बजे