आइतबारको मौसम :पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली



हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको र देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा मौसम सामान्यतय सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

काठमाडौंको आज बिहानको तापक्रम १० डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री मापन गरिएको थियो

 

प्रकाशित मिति : कार्तिक २१, २०७८ आइतबार  १० : ०२ बजे