मरुभुमिमा नकली अमेरिकी युद्धपोत बनाएर चीनले सैन्य अभ्यास गरिरहेको खुलासा



चिनले आफ्नो उत्तरी-पश्चिमी शिंजियांग प्रांतको मरुभुमिमा अमेरिकी युद्धपोतको नकली आकृति बनाएर सैनिक अभ्यास गरिरहेको खुलेको छ ।अमेरिकी नौसेनाको एक वेबसाइट usni न्यूज़ले बताएअनुसार सेटेलाइटबाट लिइएको तस्वीरले चिनको उक्त सैनिक अभ्यास बारे थाहा भएको हो ।

अमेरिकी स्पेस टेक्नोलोजी कम्पनी मैक्सरलाई प्राप्त एक तस्वीरमा रेल ट्रकमा युद्धपोत जस्तो आकृत्तिहरु राखिएको पनि समाचारमा बताइएको छ ।अमेरिकी नौसेनाको समाचार वेबसाइटमा बताइए अनुसार तकलामकान मरुभुमिमा फेला परेका आकृत्तिहरुमा अमेरिकी सेनाको युद्धपोतको रूपरेखा देखिएको छ र यसबारे आएको छैन ।

समाचारमा अमेरिकी नौसेनाका २ युद्धपोतको आकृति बनाएर चिनले सैनिक अभ्यास गरिरहेको हुनसक्ने बताइएको छ ।पछिल्लो समय चिनले दक्षिण चीन सागरमा बढिरहेको तनाबका बिच द्रुत गतिमा आफ्नो परमाणु सहित सैन्य क्षमतामा बृद्दी गरिरहेको बताइएको छ ।

 

प्रकाशित मिति : कार्तिक २३, २०७८ मंगलबार  ३ : ३२ बजे