पौडेल पक्षले बोलायो आफू निकट केन्द्रीय सदस्यको बैठक



काठमाडौँ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकट केन्द्रीय सदस्यको बैठक बोलाएको छ।

कात्तिक २८ गते बस्ने केन्द्रीय समितिको बैठकबारे छलफल गर्न नेता पौडेलले शुक्रबार दिउँसो आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएका हुन्।

मंसिर २४ देखि २७ गतेसम्म हुने महाधिवेशनका लागि कांग्रेसका सबै गुट उपगुटले आफ्नो तयारी तीव्र पारेका छन्। केन्द्रीय कमिटि बैठक र महाधिवेशनबारे सभपाति शेरबहादुर देउवा पक्षले बिहीबार बालुवाटारमा छलफल गरेको थियो।

प्रकाशित मिति : कार्तिक २५, २०७८ बिहिबार  ७ : ३७ बजे