बुधबार थप २८० जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु



बुधबार नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा १२ हजार १७४ जनाको नमूना परीक्षण गर्दा बुधबार २८० जनामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस सगै हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४७ पुगेको छ।

गत २४ घण्टामा ३६६ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका अनुसार हाल देशभर हाल ६ हजार २३९ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार  ६ : ०९ बजे