३५ वर्षीय वामपन्थी नेता ग्याब्रियल चिलीको राष्ट्रपतिमा विजयी



चिलीको राष्ट्रपतिमा वामपन्थी उम्मेदवार ग्याब्रियल बोरिक विजयी भएका छन् । उनले दक्षिणपन्थी उम्मेदवार जोसे एन्टोनियो कास्टलाई हराएका हुन् । बोरिकले ५६ प्रतिशत र कास्टले ४४ प्रतिशत मत प्राप्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै सरकारविरोधी प्रदर्शनहरूपछि चिलीमा आम चुनाव सम्पन्न भएको हो ।  विश्वकै कम उमेरका राजनीतिज्ञमध्येका एक ३५ वर्षीय बोरिक चिलीका सबैभन्दा कान्छा राष्ट्रपति भएका छन् ।

प्रकाशित मिति : पुस ५, २०७८ सोमबार  ११ : ३१ बजे