एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले तयार पारेको अर्बौंको सम्पत्ति केपी ओलीले लुटेर लगेको देख्दा मन पोल्ने बताएका छन्। समाजवादी प्रेस संगठन बाँकेले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
नेपालले आफूले २०३२ सालदेखि हिजोसम्म आइपुग्दा नेकपा एमाले बनाएर हिँडेको स्मरण गर्दै आज विद्रोह गर्नुपर्ने स्थिति आएको बताए।‘सन्तानजस्तै पार्टी जन्माउने म। सन्तान नै अर्काले कब्जा गरिदिएपछि के गर्नेरु कम्युनिष्ट पार्टी जोगाउन र आन्दोलन जोगाउनका लागि विद्रोह गर्नुपर्यो, नेपालले भने।








