पपुवा न्युगिनीमा ५.० म्याग्निच्युडको भूकम्प



पपुवा न्युगिनीको मध्य भागमा शुक्रबार ५.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्प २१.३४ जिएमटीम रेकर्ड गरिएको थियो । ६६ किलोमिटर ९४१ माइल भन्दा बढी तारी शहरको पश्चिममा उक्त भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पबाट कुनै पनि क्षति नभएको जनाइएको छ । पपुवा न्युगिनी भूकम्पीय रूपमा सक्रिय क्षेत्रमा अवस्थित छ जसलाई रिङ अफ फायर भनिन्छ र यहाँ नियमित रूपमा शक्तिशाली भूकम्प आउने गर्दछ।

प्रकाशित मिति : पुस १०, २०७८ शनिबार  ११ : ०९ बजे