तिब्बतसँग सम्बन्धित कार्यक्रममा गएको भन्दै भारतमा सांसदलाई चिनियाँ दूतावासको पत्र



तिब्बतसँग जोडिएको एक कार्यक्रममा सहभागी भएको भन्दै भारतस्थित चिनियाँ दूतावासले भारतीय सांसदहरुलाई एक पत्र पठाएको छ ।आक्रोशपूर्ण पत्रमा तिब्बतलाई चीनको आफ्नो अविभाज्य अंग बताउँदै तिब्बतको निर्वासित सरकारको एक अवैध संगठन बताइएको जनाइएको छ ।

यस कार्यक्रममा सहभागी भएका बीजू जनता दलका राज्यसभा सांसद सुजित कुमारले चीनको यस्तो कदमको कडा विरोध गरे ।सांसद सुजीत कुमारले भनेका छन्, ुभारतस्थित चिनियाँ दूतावासबाट पठाइएको यस्तो पत्रको निन्दा आवश्यक छ।ु उनले पूरै विश्व चिनियाँ कम्युनिस्ट पार्टीद्वारा तिब्बतको सांस्कृतिक जनसंहारविरुद्ध उभिन आवश्यक रहेको बताए ।

२१ डिसेम्बरमा भारतीय सांसदहरुको एक समूह दिल्लीको इंपीरियल होटलमा आयोजित एक डिनर रिसेप्शनमा सहभागी भएका थिए ।यस कार्यक्रममा अल पार्टीज इन्डियन पार्लियामेन्ट फोरम फर तिब्बतलाई एक पटक सक्रिय गरेर सुजित कुमारलाई यसको संयोजक बनाइएको थियो ।

प्रकाशित मिति : पुस १७, २०७८ शनिबार  ७ : १९ बजे