भारतीय प्रधानमन्त्री मोदीको सवारी २० मिनेट जाममा, पञ्जाब सरकारमाथी सुरक्षा कमजोरीको आरोप



भारतको पंजाबमा प्रधानमन्त्री नरेन्द्र मोदीको चुनाबी र्याली रद्द भएको छ भने मोदिको सुरक्षामाथी पनि प्रश्न उठेको छ । भारतको  गृह मन्त्रालयले पन्जाब सरकारसग घटनाको रिपोर्ट समेत मागेको छ ।

मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदी बुधबार पञ्जाबको फिरोजपुरमा सुरक्षाकमजोरीका कारण र्‍यालीमा सहभागी हुन सकेनन्।”प्रधानमन्त्री मोदीको सवारी एक फ्लाइओवरमा पुग्दाकेही प्रदर्शनकारीले सडक जाम गरेका छन्। प्रधानमन्त्री मोदी फ्लाईओवरमा १५-२० मिनटसम्म अड्किनु पर्‍यो। प्रधानमन्त्रीको सुरक्षामा यो ठूलो कमजोरी थियो।” मन्त्रालयको बिज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्री मोदिको सवारी एक फ्लाई ओभरमा करीब १५-२० मिनेट रोकिएपछी  र्याली रद्द गरिएको थियो भने प्रधानमन्त्री मोदी बठिंडा एयरपोर्टका अधिकारिसग निकै चिढिएका थिए ।

पञ्जावको कांग्रेस सरकारले चुनावमा हारको डरले मोदीको कार्यक्रममा अवरोध पुर्‍याउने हरसम्भव प्रयास गरेको बीजेपी प्रमुख जेपी नड्डाले आरोप लगाएका छन् ।

 

 

प्रकाशित मिति : पुस २१, २०७८ बुधबार  ५ : ५१ बजे