शनिबार एकैदिन ९४४ संक्रमित



पछिल्लो २४ घण्टामा देशमा थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।१३ हजार २६४ वटा स्वाब नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

तेसैगरी पछिल्लो २४ घण्टामा देशभर २९७ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या आठ लाख १४ हजार ६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु भने भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमण का कारण मृत्यु हुनेको संख्या ११ हजार ६०२ रहेको छ ।

 

प्रकाशित मिति : पुस २४, २०७८ शनिबार  ४ : २९ बजे