पछिल्लो २४ घण्टामा देशमा १ हजार ४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।११ हजार ४२९ नमूना परीक्षण गर्दा १४ सय ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।यसअघि हिजो ११६७ जनामा संक्रमण पुष्टि भएको थियो ।
तेस्तै पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०६ पुगेको छ।
पछिल्लो २४ घण्टामा २५५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६,८५५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।










