पछिल्लो २४ घण्टामा देशमा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ३६ वटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६९२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ ।










