ललितपुरमा आजबाट बुस्टर डोज, यी अस्पतालमा लगाइन्छ खोप



ललितपुरमा आजबाट कोभिड(१९ विरुद्धको बुस्टर डोज लगाइने भएको छ ।

ललितपुर महानगरपालिकाका अनुसार आजदेखि ६ माघसम्म अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीसहितलाई बुस्टर डोज लगाइन लागिएको हो ।

त्यसका लागि महानगरपालिकाले खोप केन्द्र तोकेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।

खोप केन्द्र

ललितपुर महानगरपालिका

सुमेरु अस्पताल

सर्वाङ्ग अस्पताल

अल्का अस्पताल

स्टार अस्पताल

निदान अस्पताल

बिएन्डबी अस्पताल

मेडिसिटी अस्पताल

प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार  ९ : ५० बजे