साउदी अरबमा पहिलो पटक योगा महोत्सव आयोजना गरिएको छ । किङ अब्दुल्लाह इकोनोमिक सिटीमा शनिबार आयोजना भएको सो महोत्सवमा देशभरबाट एक हजार जना अभ्यासकर्ता सहभागी भएका थिए । महोत्सवमा युवती र महिलाहरुको उल्लेख्य उपस्थिति थियो । योगा अभ्यास गर्न र प्रख्यात प्रशिक्षकहरुको विशेष प्रस्तुति हेर्न असंख्य उत्साही र योगा अभ्यासकर्ताहरु राजधानीमा भेला भएका थिए ।
योगा हल र केन्द्रहरुले कार्यशाला र गतिविधि आयोजना गरेका थिए । केन्द्रले योगा अभ्यास, प्रतिष्प्रर्धा र खुला हावामा ध्यान गर्न सहभागीलाई तालिम प्रदान गरेको थियो ।अल अरेवियासँगको एउटा अन्तवार्तामा साउदी योगा कमिटीका प्रमुख नोउफ बिन्ट मुहम्मद अल मारोइले भने, ‘दुई दशकअघि नै राजधानीका विभिन्न भागमा योगा फैलिनुको कारण यो खेलप्रतिको मोह हो ।’
साउदी राजधानी शौखिन र योगा अभ्यासकर्ताका लागि एउटा ठूलो आधार देखिन्छ । साउदीमा योगा अभ्यासकर्ता र प्रशिक्षकको संख्या दशौ हजार छ ।










