कोभिड संक्रमणबाट थप ३२ जनाको मृत्यु पुष्टि, ३,५४० संक्रमित थपिए



पछिल्लो २४ घण्टामा देशमा थप तीन हजार ५४० जना कोभिड–१९ संक्रमित थपिएका छन् । १३ हजार १४५ वटा नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ ।वीरेन्द्र अस्पतालमा १२ जनाको र बाँकी २० जना विभिन्‍न अस्पतालबाट माघ १३ गतेदेखि १६ गतेसम्‍म ३२ जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा । संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा सो जानकारी दिएकी हुन्

पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ ।

प्रकाशित मिति : माघ १६, २०७८ आईतबार  ४ : ४८ बजे