आइतबार १ हजार ३ सय ८६ संक्रमित थपिए, ११ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा देशमा कोरोना भाइरसका १ हजार ३ सय ८६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ६६ हजार ६०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तेस्तै गत २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८१४ पुगेको छ।

त्यस्तै, आज ८ हजार ७ सय ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ९ हजार ३ सय ४३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ९ हजार २ सय ५१ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : माघ २३, २०७८ आईतबार  ५ : ११ बजे