काठमाडौंका विद्यार्थीलाई आजदेखि फाइजरको दोस्रो डोज



काठमाडौं महानगरपालिका क्षेत्र भित्रका विद्यार्थीले कोभिड(१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज आजदेखि लगाउन पाउने भएका छन् ।पहिलो डोज लगाएको तीन हप्ता पुगेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीले आजदेखि ५ फागुनसम्म फाइजरको दोस्रो डोज लगाउन पाउने भएका हुन् ।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार ३२ वटै वडामा रहेका तोकिएका विद्यालयका खोप केन्द्रमा खोप अभियान सञ्चालन हुनेछ ।शनिबारबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन पाइनेछ ।

प्रकाशित मिति : माघ २४, २०७८ सोमबार  १० : ११ बजे