सोमबार थप १५७० जनामा संक्रमण पुष्टि,१३ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप १५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ३६५ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १३ जनाले ज्यान गुमाएका छन् । यससगै हालसम्म मृतकको कुल संख्या ११ हजार ८२७ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित ४० हजार १११ जना रहेका छन् ।

प्रकाशित मिति : माघ २४, २०७८ सोमबार  ५ : २८ बजे